Incident Reports

दाजुभाइको विवादमा छुरा प्रहार हुँदा बाबुको मृत्यु

2018-08-05

Madhes, Dhanusha, Janakpur, Ward 19

दाजुभाइबीचको विवादमा छुरा प्रहार हुँदा बुवाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका १९ बेंगाशिवपुरका ५० वर्षका रामवृक्ष यादवको छुरा प्रहारबाट ज्यान गएको हो । त्यस्तै छुरा प्रहारबाट उहाँका छोरा २८ वर्षका रामसोगारथ यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते रामसोगारथलाई उपचारको लागि काठमाडौं रेफर गरिएको छ । आइतबार राति रामवृक्ष यादवका दाजुभाइबीचको विवादमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार दाजुभाइमध्ये एकले छुरा चलाएको भए पनि कसले हान्यो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भैरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Bara

0 Comments

Related Reports