Incident Reports

प्रहरीद्वारा हिरासतमै कुटपिट

2018-07-28

Bagmati, Chitawan, Bharatpur

दिव्यनगरस्थित बृहस्पति ह्याचरीमा कार्यरत विकास तामाङले इलाका प्रहरी कार्यालयमा शनिबार नियन्त्रणमा लिई हिरासतमा आफूमाथि कुटपिट भएको बताएका छन् । तामाङले बिनाकारण आफुलाई हिरासतमा राखिएको र कुटपिट गरिएको बताएका छन् ।तामाङसंगै रहेका अर्का मनोज तामाङलाई पनि कुटपिट गरिएको उनले बताएका छन् ।ह्याचरीका लागि चल्ला लिन सडकमा गाडी कुरेर बसिरहेको समयमा प्रहरीले जबर्जस्ति लागेको तामाङको गुनासो छ ।उनीहरुसंगै अन्य चार जनालाई नियन्त्रणमा लिइएको भएपनि सोहि दिन दुई जनालाई छोडिएको र उनीहरुलाई हिरासतमा राखेर प्रहारीले कुटपिट गरेको तामाङको भनाइ छ ।भरतपुर-२९, कुसुमटार घर भएका तामाङ अहिले प्रहरीको कुटाइका कारण हात चलाउन नसक्ने भएका छन् ।शरीरमा निलडाम छ भने पैताला र छातीमा गहिरो चोट लागेको उनि बताउछन् ।उनका अनुसार प्रहरी सहायक निरीक्षक कैलाश श्रेष्टले उनलाई लागुऔषधको पोको देखाएर बरामद भएको स्वीकार गर्न लगाएको र कुटपिट गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Chitwan

0 Comments