Incident Reports

घाँस काट्न गएकी बालिका बलात्कृत l

2013-10-09

Nandaram Paudel एक १६ वर्षीया बालिकालाई धरमपनिया गाविस-८ का ३५ वर्षीय नजरे आलम मुसलमानले असोज २२ गते बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिका दिउँसो खेतमा घाँस काट्न गएको अवस्थामा पानी लगाउने निहुँमा खेतमा गएका मुसलमानले घाँस काट्न लगेको हसिया खोसेर जमुवार नदी किनारमा लगेर बलात्कार गरेको पीडितले प्रहरीमा बयान दिएकी छन् । दिउँसो ४ बजे खेतबाटै खोला किनारमा लगि बलात्कारपछि आफूलाई राती १२ बजे घर नजिकै ल्याई छोडेर मुसलमान भागेको पीडित बालिकाले बताएकी छन् । मुसलमानलाई अन्य छिमेकी अगते चमार र पहारीया चमारको सहयोगमा बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । घटनापछि बलात्कार गर्ने नजरे मुसलमान र उसका परिवार समेत फरार रहेको महिला सेलकी इन्द्रीरा गिरीले बताएकी छन् । बालिकाले नजेरे मुसलमानका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा असोज २३ गते उजुरी गरेकी छन् । उनको जिल्ला अस्पताल तौलिहवामा सोही दिन स्वास्थ्य परीक्षण गरिएको छ । घटनालाई मिलाउन भन्दै बालिकालाई आर्थिक प्रलोभनमा पार्न खोजिएको पारिवारीक स्रोतले जनाएको छ । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis