Incident Reports

श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ

2018-08-06

Province 1, Jhapa, Birtamod

बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमान्लाई पक्राउ गरिएको हो । श्रीमातीले जाहेरीमा श्रीमान्ले इच्छा विपरित यौन सम्पर्क राख्ने गरेको उल्लेख गरेकी छिन् । उनले श्रीमान् १०/१२ दिन हराउने, अनि आएर सम्पर्क राखेपछि फेरि हराउने गरेको पनि जनाएका छिन् । इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका श्रीमान्माथि वैवाहिक बलात्कारको मुद्दा दायर गरिएको छ । थप अनुसन्धान भइरहेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments