Incident Reports

आचारसंहिता उल्लङ्घन गरेकोमा सचेतपत्र l

2013-10-19

Dipen Neupane नेपाली काङ्ग्रेस मोरङले संविधानसभा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख झङ्कनाथ शर्माले विराटनगर उमनपा-१४ स्थित जनआन्दोलनचोक र आसपासमा सो पार्टीले निर्वाचन आयोगले तोकेभन्दा ठूला साइजका झण्डा टाँगेर आचारसंहिता उल्लङ्घन गरेको बताएका हुन् । सो पार्टीलाई टाँगिएका झण्डा हटाउन पत्राचार गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख शर्माले बताए । कार्यालयले सो पार्टीलाई यसखाले गल्ती नदोहोर्‍याउन कात्तिक १ गते पत्र पठाएर सचेत गराएको छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis