Incident Reports

उपमेयर बाट भयो वोड़ा सदस्य माथि बिबेध।

2018-08-07

धुनिवेशी नगरपालिकाकी उपमेयर निरु खरेलबाट वडा ९ की दलित वडा सदस्यमाथि जातीय विभेद भएको खुलासा भएको छ । असार २८ गते नगरपालिकाले आयोजना गरेको नगरसभाको कार्यक्रममै उपमेयर निरु खरेलले वडा सदस्य पार्वती परियारमाथि विभेद गरेको पीडितले उजुरी दर्ता गरेपछि खुलासा भएको हो । वडा सदस्यमा विजय भएपछि अहिलेसम्मको बैठक र कार्यक्रममा खबर नगरेको र असार २८ गते नगरसभाका लागि आफुलाई खबरपछि नगरसभाको कार्यक्रममा जाँदा उपमेयरबाट चरित्रहिन महिला यो सभामा आउनु अनुमति नभएको भन्दै गालीगलौज गरी जातीय रुपमा अपमान गरेको हुँदा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको पीडित वडा सदस्य पार्वती परियारले दलित अनलाईनसँग बताउनुभयो । उपमेयर खरेलले आफुलाई अन्य वडा सदस्यहरुबीच भएको वेला विधुवा र दलित महिलाको संज्ञा दिदै तिमी यो वडामा बस्दा अन्यलाई समस्या हुने भन्दै अस्पष्ट शैलीमा गाली गरेको परियारले जानकारी दिनुभयो । ‘सार्वजनिक नगरसभामै चरित्रहिन विधुवा र दलित महिला भनेर गाली गर्नुभयो ,यसको लागि कानुनी बाटोबाट लड्छु ।’ राष्ट्रिय दलित आयोग र महिला आयोगमा समेत उजुरी दर्ता गरी वैधानिकबाट न्यायका लागि आवाज उठाउने परियारले बताउनुभयो ।‘मलाई विधुवा भएर ठिक ठाउँमा बस्नुपर्छ, दलित महिला भएर धेरै बोल्नुहुदैन भन्ने जस्ता शब्दले गाली गर्नुभएको छ, उहाँलाई कारबाही हुनुपर्छ । ’ इलाका प्रहरी कार्यालय खानीखोला धादिङले पहिला उजुरी दर्ता नगरेको भन्दै पुन उजुरी दर्ता गरी कारबाही हुनुपर्ने माग परियारले गर्नुभएको छ । यस्तै महिला अधिकारकर्मी तथा मनोपरामर्शकर्ता अप्सरा उप्रेतीले जातीय आधार र एकल महिलाको आधारमा पार्वती परियारको चरित्र हत्या गर्ने उपमेयर खरेल माथि तत्काल कारबाही हुनुपर्ने माग गर्नुभएको छ । ‘उहाँले विभेद नै गर्ने मनसायबाट सार्वजनिक कार्यक्रममा विभेद गर्नुभएको छ, सम्बन्धित निकायबाट कारबाही हुनुपर्छ । ’ वडा सदस्य पार्वती परियारको घटना आफुलाई थाहा नभएको र यसबारेमा बुझेपछि कुरा गर्ने नगरपालिका प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो । ‘मैले यो विषयमा बुझेको छैन, बुझेपछि कुरा गर्छु । ’ यसो भन्नुहुन्छ उपमेयर निरु खरेल धुनिबेशी नगरपालिकाले नगरसभाको आयोजना गरेको थियो । धेरै समयपछि उहाँ आउनुभएको हो । कार्यक्रममा आउँदा मैले केही कुरा गरेको हो । तर उहाँले भनेको जस्तो जातीय रुपमा मैले केही गालीगलौज गरेको होइन । उहाँले कसरी बुझनुभयो त्यो उहाँको कुरा हो । मैले उहाँको परिवारमा केही समस्या देखेर अन्य वडा सस्दयबाट पनि उहाँको बारेमा केही कुरा आएपछि उहाँलाई तपाईको बारेमा केही कुरा आएको छ , भनेकी हुँ । प्रमाणका आधारमा मैले त्यस्तो विभेद गरेको भए जुनसुकै कारबाही भोग्न म तयार छु ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis