Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-08-06

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ५५ वर्षीय ससुरालाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २१ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए । दुई वर्षअघि विवाह गरेर पति विदेश गएपछि घरमा ससुराले पटकपटक यौन दुर्व्यवहार गर्ने गरेको पीडितले आरोप लगाएकी छन् । घटनापछि साउन २१ गते पीडितले जबरजस्ती करणी उद्योगमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका शाखाकी सई बिनु बस्नेतले बताइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण साउन २१ गते जिल्ला अस्पताल इनरूवामा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments