Incident Reports

घूससहित लेखापाल र नासु पक्राउ

2018-07-27

Madhes, Parsa, Birgunj, Ward 11

मन्दिर निर्माणको काममा कमिशन लिएको कसूरमा शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमान्चल हेटौडाको टोलीले पर्साको धोविनी गापाका लेखापाल र नासुलाई घूसको रकमसहित पक्राउ गरेको छ। अख्तियारको टोलीले रु १ लाख १० हजार घूसको रकमसहित धोबिनी गापाका नासु एनामुल हक अन्सारी र लेखापाल कृष्णनन्द राय यादवलाई विरगंज महानगर-१४, बहुअरी पिपराबाट पक्राउ गरको हो। लेखापाल यादव र नासु अन्सारीले धोबिनी गापा वडा नम्बर २ मा निर्माणाधीन संसारीमाई मन्दिर गरेका थिए रंगरोगनको काम चार लाख र सडक ढलानको काम आठ लाख रुपैयाँमा उपभोक्ता समिति सकार गरी रु एक लाख दस हजार घुसबापत रकम दिएको थियो। सोहि घूसको रकमसहित अख्तियारको टोलीले दुबैजनालाई रङ्गेहात पक्राउ गरेको हो।
Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis