Incident Reports

बालिका बलात्कारका आरोपित विरुद्ध मुद्दा दर्ताl

2013-10-21

Chhetu Sherpa एक १४ वर्षीया बालिकालाई कात्तिक १ गते बलात्कार गरेको आरोपमा सिद्धकाली गाविस- ८ का ३८ वर्षीय शान्तिराम कोइराला विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरले कात्तिक ३ गते जबर्जस्तीकरणी महलमा मुद्दा दर्ता गरेको छ । आरोपितले कात्तिक १ गते पीडितकै घरमा आएर बलात्कार गरेको अरोपमा पीडित परिवारले सोही दिन इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई कात्तिक २ गते गिरफ्तार गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा कात्तिक २ गते भएको प्रहरीले जनायो । पीडितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis