Incident Reports

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

2018-08-12

Province 1, Morang, Biratnagar

मोरङको विराटनगर महानगरपालिका मेयरको कार्यालयमा बम विस्फोट भएको छ। आइतबार दिउँसो २ बजे महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो। बम विस्फोटबाट मेयरको को १ झ ४९४ नम्बरको गाडी, कार्यालयको झ्यालका सिसा र दराजमा क्षति पुगेको छ। विस्फोटपछि कार्यालयमा कर्मचारीको भागदौड चलेको थियो। भाग दौडका क्रममा कार्यालय साहायक शिवचन्द्र ठाकुर बेहोस् भएका छन्। उनको कोशी अञ्चल अस्पतालमा उपचार भइराखेको छ। मेयर पराजुलीले कुकर बम विस्फोट भएको अनुमान गरिएको जानकारी दिए। ‘यो जनताको कार्यालय हो। कसले विस्फोट गर्यो भन्नेकुरा अनुमान गर्न सकिदैन’, मेयर पराजुलीले भने। प्रहरीले विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएको छ। मेयरको कार्यकक्षबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष जाने प्यासेजमा बम विस्फोट भएको छ। अहिले महानगरपालिका कार्यालयमा शिल गरेर प्रहरीले तालिमप्राप्त कुकुरका साथ अनुसन्धान गरिरहेको छ। बम विस्फोटपछि कार्यालयको काम भने ठप्प भएको छ। विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments