Incident Reports

बाल यौन दुराचार आरोपमा वृद्ध पक्राउ

2018-08-09

Sudurpashchim, Kanchanpur, Bedkot, Ward 7

वेदकोट नगरपालिका–७ गाउँजीका साढे पाँच वर्षीय बालकलाई बाल यौन दुराचार गरेको आरोपमा भीमदत्त नगरपालिका–३ तिलपुरका ६६ वर्षीय झाँक्री पक्राउ परेका छन् । झाँक्रीले बालकको मुखमा लिंग राखेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । बिहीबार राति बालक बिरामी भएपछि उनक बाबु गणेश धामीले झाँक्रीलाई झारफुक गर्न घरमै बोलाएका थिए । बालकका बाबु गणेशले भने, ‘खाना खाएपछि झाँक्रीले बालकलाई सँगै सुताउँछु भनेपछि बालकलाई धामीको काखमै राख्यौँ ।’ झाँक्रीले बालबालिका नातिनातिनाजस्तै लाग्ने भनेर जोरजुलुम गरेको गणेशले बताए । ‘राति बत्ती गयो’ गणेशले भने, ‘छोरो करायो,त्यसपछि उठेर आफैँ हेर्न जाँदा झाँक्रीले बालकको मुखमा लिंग राख्दै गरेको भेट्टायौँ ।’ लोडसेडिङ भइरहेका वेला झाँक्रीले टर्च बाल्दै निभाउँदै गरेको उनको भनाइ छ । त्यपछि झाँक्रीलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेको गणेशले बताए । शुक्रबार पीडित परिवारले कारबाहीका लागि झाँग्रीविरुद्ध उजुरी दिएका छन् । कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments