Incident Reports

पतिले कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी l

2013-10-22

Rajendra Thagunna अमरगढी नपा-२ सोल्परीकी २७ वर्षीया ईश्वरी सार्कीले पति ३५ वर्षीय जीत सार्कीले कुटपिट गरेको आरोपमा कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दर्ता गरिन् । पतिले कात्तिक ४ गते कुटपिट गरेको साथै यस अघि पनि घरमा खान बस्न नदिने र कुटपिट गरी घर निकाला गर्ने गरेको र पटक/पटक मार्ने धम्कीसमेत दिने गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन् । प्रहरी नायव उपरीक्षक कृष्ण प्रर्साईले पीडित महिलाको निवेदनको आधारमा दुवै पक्ष बोलाई कारबाही प्रक्रिया अगाडि बढाउने बताए । राजेन्द्र ठगुन्ना

0 Comments

Related Reports
Related Trend Analysis