Incident Reports

बमसहित जमलबाट २ जना पक्राउ

2018-08-14

Bagmati, Kathmandu, Kathmandu, Ward 1

राजधानीको जमलबाट बमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका क्रममा झोलामा बम बोकेर हिँडेका उनीहरूलाई प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सो पार्टीका कार्यकर्ता उषाकिरण र तारा सञ्ज्याल छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखेरलका अनुसार बन्दमा अप्रिय घटना नहोस् भनेर काठमाडौंमा २ हजार बढी प्रहरी परिचालन गरिएको छ। बन्दका नाममा कसैको व्यक्तिगत सम्पत्तिमाथि क्षति पुर्‍याउनेलाई पक्रेर कानुनी कारबाही गर्ने पोखरेलले बताए। उनका अनुसार काठमाडौंका नैकाप र सुन्दरीजलमा भेटिएका बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ भने अरू कुने अप्रिय घटना भएको छैन। चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेतालाई पक्राउ गरेको विरोधमा सो पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments