Incident Reports

सञ्चारमाध्यमले उम्मेदवारको प्रचार गर्न नपाउने l

2013-10-22

Shivaraj Khattri जिल्लास्थित सञ्चारमाध्यमले आचारसंहिता विपरीत उम्मेदवारको चुनावी प्रचार विज्ञापन बजाउन थालेपछि निर्वाचन आयोगले सञ्चारमाध्यमले कुनै पनि दल तथा उम्मेदवारको प्रचार सामाग्री प्रकाशन तथा प्रशारण गर्न नपाउने जनाएको छ । ७५ जिल्लाका मुख्य/निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाउँदै आयोगले संविधानसभा सदस्यको लागि उम्मेदवारले कुनै पनि सञ्चारमाध्यममा विज्ञापन गरी आफ्नो चुनावी प्रचार-प्रसार गर्न नमिल्ने जनाएको छ । कात्तिक ५ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सञ्चारकर्मीसँग भएको छलफलमा जिल्लास्तरिय आचारसंहिता अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गिरीले उक्त जानकारी दिएका हुन् । आयोगले लेखेको उक्त पत्रमा सञ्चार माध्यमले कुनै उम्मेदवारको प्रचार हुने गरी विज्ञापन बजाउनु निर्वाचन आचारसंहिता विपरीत भएको उल्लेख छ । जिल्लास्थित रेडियो रामारोशन एफएमले नेकपा एमाले क्षेत्र नम्बर १ का उम्मेदवार भीम रावलको चुनावी प्रचार सामाग्री कात्तिक २ गतेदेखि प्रचार गर्नथालेपछि सञ्चारकर्मीसँग छलफल कार्यक्रमको आयोजना गरिएको गिरीले जानकारी दिए । छलफल पछि एफएमले उक्त चुनावी प्रचार विज्ञापन प्रसारण रोकेको छ । सो अवसरमा जिल्लास्थित सञ्चारकर्मीले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका थिए । छलफल कार्यक्रममा मुख्य निर्वाचन अधिकृत विष्णु अर्याल, निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठको पनि उपस्थिती थियो । शिवराज खत्री

0 Comments

Related Reports
Related Trend Analysis