Incident Reports

No translation available.

2018-08-14

Bagmati, Kathmandu, Chandragiri

काठमाडौंकाे चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गरेकाे छ। चन्द्रागिरि नगरपालिकाकाे बाडभञ्ज्याङ्ग २ महाशक्ति पेट्रोल पम्प नजिकै र सतुङ्गलकाे सिप्रदी नजिकै भेटिएकाे प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गरेकाे हाे। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको दिन बिहानैदेखि उपत्यकाका विभिन्न स्थानमा भेटिएको बमले सर्वसाधारण त्रसित छन्। नेपाली सेनाले उपत्यकामा भेटिएका बम निष्क्रिय पार्न सफल भएको छ। ‘कतिपय स्थानमा प्लास्टिकको झोलामा खतरा लेखिएको वस्तु देखिएकोमा ती सबै डिस्पोज भइसकेको छ’, महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले भने। नेपाली सेनाकाे टाेलीले सुन्दरीजल नयाँ पाटीमा राखिएकाे बम पनि निष्क्रिय गरेकाे प्रहरीले बताएकाे छ। एसएसपी पोखरेलले भने, ‘त्रास देखाउने प्रयास मात्र देखिएको छ । डराउनु पर्ने स्थिति छैन ।’ उनले राजधानीको शान्ति, सुरक्षा मजबुत बनाइएको बताउँदै व्यापक प्रहरी परिचालित भएको पनि बताए। प्रहरीले शंकास्पद वस्तु राख्दै हिँड्ने विप्लव समूहका दुई जनालाई पक्रेको छ। जमलमा प्रेसरकुकर बमसहित दुईलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेकाे छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments