Incident Reports

एमाले र एमाओवादी कार्यकर्ताबीच झडप l

2013-10-22

Bagmati, Sindhuli, Golanjor

एमाले र एमाओवादी कार्यकर्ताबीच कात्तिक ५ गते साँझ रतनचुरा गाविसको खनीयाखर्कमा सामान्य झडप भएको छ । रतनचुरा गाविसको खनीयाखर्कमा आयोजित एमालेको चुनावी सभा सकिएपछि उक्त झडप भएको थियो । चुनावी सभा सकेर फर्कने क्रममा एमालेका कार्यकर्ताहरूले सोही ठाउँमा रहेको एमाओवादीको सम्पर्क कार्यालयमा ढुङ्गा प्रहार गरी झण्डा र व्यानर झिकेर फाल्न लागेपछि एमाओवादीका कार्यकर्ताले उनीहरूलाई रोक्न खोज्दा एमालेका कार्यकर्ताहरूले एमाओवादी कार्यकर्तालाई कुटपिट गरेको एमाओवादीका ताम्सालिङ्ग राज्य समिति सदस्य विनोद दाहालले बताए । एमाओवादी कार्यकर्ताहरू रतनचुरा गाविस-६ का रामकुमार थापा, सोही गाविस-१ का टेकबहादुर मगर, मेघबहादुर मगर, सोही गाविस-३ का सीताराम थापा लगायतलाई एमालेका कार्यकर्ताहरूले कुटपिट गरेको दाहालले जनाए । एमालेको पोस्टर एमाओवादीका कार्यकर्ताले च्यातेकोले किन च्यातेको भनि उनीहरूलाई सोध्दा झडप हुन खोजेको र हामीले हाम्रा कार्यकर्ताहरूलाई संयमित गराएकोले झडप हुन नपाएको एमालेका जिल्ला नेता नारायण बरालले बताए । साँझ दुई पक्षवीच झडप हुन लागेपछि जिल्ला सदरमुकामबाट प्रहरी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिएकोले कुनै अप्रिय घटना नभएको डीएसपी नरेन्द्र उप्रेतीले बताए । आनन्द दाहाल

0 Comments

Related Reports
Related Trend Analysis