Incident Reports

भरतपुरमा राजमार्गमा देखिएको शंकास्पद वस्तु सेनाले नष्ट गर्‍यो

2018-08-14

Bagmati, Chitawan, Bharatpur

पूर्व पश्चिम राजमार्गको भरतपुर रिजाल चोकमा मंगलबार बिहान देखा परेको शंकास्पद् वस्तु सेनाले नष्ट गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेर बन्दका बेलामा फेला परेको सो वस्तु कुनै पनि प्रकारको विस्फोटक पदार्थ नभएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले बताए । बन्द आह्वानकर्ताले त्रास फैलाउन राजमार्गमा शंकास्पद वस्तु राखेको हुन सक्ने प्रहरीको भनाइ छ । बिहान साढे नौ बजे तिर मोटरसाइकल चढेर आएका दुईजनाले राजमार्गमा शंकास्पद वस्तु खसालेर भागेको सूचना स्थानीयले दिएपछि प्रहरी हेर्न गएको थियो । ‘दुईवटा टिनका बट्टा (क्यान)लाई टेपले बेरेर थोरै तार निकालेको र कम्युनिष्ट पार्टीको झण्डा पनि बेरेर सडकमा फालेको शंकास्पद वस्तु भेटेका थियौं,’ डिएसपी ढकालले भने । नेपाली सेनाको टोली आएर राजमार्गका भेटिएको शंकास्पद वस्तु निष्क्रिय गरेको थियो । ‘सेनाको टोलीले निष्क्रिय गरेको हो । तर त्यो कुनै विस्फोटक पदार्थ भने थिएन,’ डिएसपी ढकालले भने । उनका अनुसार यो बाहेक चितवनमा अरु कुनै घटना भएको छैन । रातिदेखि नै विभिन्न १२ जना व्यक्तिलाई नियन्त्रणमा लिएको उनले बताए । पक्राउ पर्नेमा बन्दकर्ता भए नभए छानबिन भइरहेको उनले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments