Incident Reports

नवलपरासीमा प्रहरी र तस्कर समूहबीच झडप

2018-08-14

पश्चिम नवलपरासीका सीमा नाकाबाट हुने अवैध कारोबार नियन्त्रण गर्न सुरक्षा निकायमाथि चुनौती बढ्दै गएको छ । पछिल्लो पटक जिल्लाको तोनवा, रगरगञ्ज, गेर्मी, महेशपुर, भुजहवा, गुठीप्रसौनी, रामनगर र पक्लीहवा नाकाबाट तयारी कुखुरा र चल्लाको तस्करी कार्य बढेको छ । तस्करी कार्यलाई रोक्न पुगेको सुरक्षाकर्मीमाथि तस्करले आक्रमण गर्न थालेपछि सुरक्षा निकायमाथि चुनौति थपिएको हो । आइतबार राति अवैध कार्य रोक्न पुगेको सुरक्षाकर्मी र तस्कर समूहबीच झडप भएको हो । भारतबाट कुखुराका चल्ला ल्याउँदै गरेको एक पिकअप भ्यानलाई सादा पोशाकमा खटिएका सुरक्षाकर्मीले रोक्न खोज्दा झडप भएको हो । भारतको ठूठीबारीबाट चल्ला ल्याउँदै गरेको जानकारी पाएपछि भैरहवाको डण्डाबाट प्रहरी पुगेका थिए । जिल्ला कुखुरा व्यवसायी संघले तस्करीबारे डण्डास्थित सशस्त्र प्रहरीलाई जानकारी गराएको थियो । अवैध चल्ला बरामद गर्न भैरहवाका पत्रकारसहित कारमा पुगेका सुरक्षाकर्मी र तस्कर समूहबीच झडप भएको हो । झडपका क्रममा दुई सुरक्षाकर्मीको टाउको फुटेको छ । सुरक्षाकर्मीले ल्याएको कारको सिसासमेत फुटेको छ। सुरक्षाकर्मीले गाडी रोकेपछि तस्करले अन्य व्यक्तिलाई बोलाएका थिए । तस्करको संख्या बढी भएपछि सुरक्षाकर्मीमाथि हातपात र गाडीमाथि तोडफोड भएको हो । तस्करसँग प्रतिकार गर्न नसकेपछि सुरक्षाकर्मी बेलासपुरस्थित सशस्त्र प्रहरी कार्यालयमा पुगेका थिए । हातपात र तोडफोडपछि चल्ला बोकेको गाडी परासीतर्फ भागेको प्रत्यक्षदर्शीले बताए । सशस्त्र प्रहरी उपरीक्षक गहार्धन राईका अनुसार घटनापछि राति नै सुरक्षाकर्मी भैरहवा गएका थिए । सुरक्षाकर्मीमाथि हातपात गर्ने र अवैध कार्यमा प्रयोग भएको सवारी साधन खोजतलास गरी कारबाही गर्नका लागि सशस्त्र प्रहरी कार्यालयबाट पत्रचार भएकाले त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 19
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation APF
Actor 2 - Youth unknown
Total Injured 2
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports