Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-08-14

Bagmati, Nuwakot, Kispang, Ward 2

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर किस्पाङ गाउँपालिका–२ भाल्चेका ६२ वर्षीय छेगु लामा तामाङलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई ललाईफकाई ल्याएर बलात्कार गर्न लगाएको आरोपमा विदुरको एक खाजाघरकी सञ्चालिका ५७ वर्षीया पुतली सुनारलाई पनि साउन २९ गते नै गिरफ्तार गरेको छ । आरोपित तामाङलाई बलात्कार मुद्दामा र आरोपित सुनारलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयका एसपी बसन्तबहादुर कुँवरले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल त्रिसुलीमा साउन २९ गते नै गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments