Incident Reports

पापिनी आमा ! जसले दुई सन्तानलाई चर्पीमा डुबाएर मारिन्

2018-08-15

Province 1, Taplejung, Yangwarak, Ward 2

के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् ? शायद एकाध आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान्- ‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको मुठ्ठीले !’ ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक ‘पापिनी आमा’ ले आफ्नै दुई छोरीलाई शौचालयमा लगेर निर्मम हत्या गरेकी छन् । कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ । छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् । कमलाकी आमाका अनुसार दुई छोरी काखी च्यापेर उनी घरबाट निस्किएकी थिइन् । तर, हिजो शौचालयको सेफ्टी ट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरे । त्यहाँ खाल्डे चर्पी थियो । स्थानीयले त्यही चर्पीबाट एक बच्चीलाई जीवितै उद्दार गरे । मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी शिशुलाई स्थानीयले एम्बुलेन्समा हालेर बिर्तामोड पुर्‍याए । तर, बुधबार साँझ उनको मृत्यु भयो । अर्की बालिकाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो । करिब परिवारका कमलाको माइतीसँग आफ्नी नातिनीको उपचार गर्न अस्पताल लैजाने पैसासमेत थिएन । उनीहरुले केही रकम संकलन गरेर एम्बुलेन्सको खर्च जुटाएका थिए । आफ्ना दुई शिशुलाई हत्या गरेर कमला कता गइन् भन्ने खुलेको छैन । प्रहरीले उनको खोजी गरिरहेको छ । घटनाबारे जानकारी दिँदै वडा नम्बर २ का वडाध्यक्ष ज्ञानप्रसाद दाहालले अनलाइनखबरसँग भने- ‘उनको मति बिगि्रएर यस्तो कुकर्म गरेकी होलिन् ।’ कमलाको विवाह इलामका एकजना गाडी चालकसँग भएको भनिए पनि उनी माइतमै बस्दै आएकी थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 2
Youth Killed 2
National/Online Media , INSEC , Police website , Local Newspaper - Jhapa , Local Newspaper - Makwanpur

0 Comments