Incident Reports

धोका दिएको भन्दै अन्धाधुन्ध खुकुरी प्रहार गरी प्रेमीले गरे प्रेमिकाको हत्या

2018-08-18

Province 1, Morang, Gramthan

मोरङको ग्रामथान गाउँपालिका–तेतारियास्थित सिद्राहामा एक युवाले प्रेमिकाले धोका दिएको भन्दै धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । शुक्रबार बिहान अन्दाजी ९ः३० बजे पहेलो रंगको को१७ प १७२३ नम्बरको स्कुटर चढेर आएका विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्टराईले सोही स्थानकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् । खाली गाईगोठमा भेट्न पुगेका भट्टराईले घिमिरेलाई घाँटी, छातीलगायतका स्थानमा अन्धाधुन्ध खुकुरी र छुरा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । युवतीको शरीर क्षतविक्षत पारेर भाग्ने क्रममा स्थानीयले ती युवालाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए । ति युवालाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । भट्टराईले आफूमाथि धोका भएको र शिखाको हत्या गर्ने योजना बनाएको प्रारम्भिक बयानमा दिएका छन् । मृतक घिमिरेको शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ । निज भट्टराईलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को ज्यान सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website , Local Newspaper - Jhapa , Local Newspaper - Bara

0 Comments

Related Reports