Incident Reports

एकीकृक माओवादीको उम्मेदवारको गाडीमा आगजनी l

2013-10-27

Pratap Bista मकवानपुर ३ नम्वर क्षेत्रका एकीकृत माओवादी उम्मेदवार प्रल्हाद लामिछानेको प्रचारप्रसारमा प्रयोग गरिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । उम्मेदवार लामिछानेको निर्वाचनमा प्रयोग गरेको बा ८ च ५९५६ नम्वरको गाडी कात्तिक ९ गते राती अज्ञात समूहले आगजनी गरेर क्षति पुर्‍याएको हो । हेटौडा नपा-५ का सन्तोष सापकोटाको कम्पाउण्डमा राखिएको गाडीमा अज्ञात समूहले आगो लगाएर जलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगजनीबाट गाडीको अघिल्लो भाग पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । सापकोटाका छिमेकीका अनुसार राती साढे १२ बजेतिर मोटरसाइकलमा आएका मानिसहरूले आगो लगाएर भागेका थिए । छिमेकीले गाडीमा आगो लाग्यो भनेपछिमात्र सापकोटा परिवारले थाहा पाएका थिए । गाडीमा लागेको आगो स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । आगजनी गर्ने व्यक्तिहरूको खोजी गरिरहेको एसपी गणेशबहादुर ऐरले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis