Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-08-16

Lumbini, Palpa, Rampur

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामपुर आधारभुत विद्यालय रामपुर पाल्पाका प्रधानाध्यापक यमबहादुर क्षेत्रीलाई साउन ३१ गते गिरफ्तार गरेको छ । साउन ३१ गते कक्षा कोठामा पढाउने क्रममा यौन दुर्व्यवहार गरेको तथा यसअघि पनि पटकपटक ती बालिकालाई दुव्र्यवहार गर्दै आएको पीडित पक्षको आरोप छ । घटनापछि पीडित पक्षले प्रहरीलाई खबर गरेको र कक्षा कोठाका अन्य साथीहरूले प्रहरीमा सोही अनुसार बयान दिएकाले उनलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय, रामपुरका इन्स्पेक्टर भोजराज पाण्डेले बताए । पीडित पक्षले भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते नै जिल्ला अस्पताल पाल्पामा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC

0 Comments