Incident Reports

Man abducts step-son to bring back his wife

2018-08-20

Sudurpashchim, Kailali, Kailari, Ward 6

A man abducted his step-son from Belauni in Kailari rural municipality. 30-year-old Briju Chaudhary abducted 5-year-old Chhemang Chaudhary from his school, Aparampar Primary School, at 9 am on Aug 20. According to the police, Briju,a resident of Godavari municipality, Lalpur abducted the boy to bring back his wife who went back to her former husband Bal Krishna Chaudhary after staying with Brijesh for 2 months as he already had a wife. Chhemang was Bina and Balkrishna's son. Chaudhary was arrested from Shamshergunj in Banke on the basis of his phone location. कैलालीबाट अपहरणमा परेका ५ वर्षीय बालकको ९ घण्टापछि सकुशल उद्दार गरिएको छ । सोमबार विहान ९ बजे कैलारी गाउँपालिका–६ बेलौनी गाउँ बस्ने पाँच वर्षीय बालक छेमाङ चौधरीको अपहरण भएको थियो । अपहरणकारीले खेमाङकी आमा बिना चौधरीलाई फोन गर्दै भोली विहान काठमाडौँ बसपार्कमा भेट्न आउनु भन्दै मार्ने धम्की दिएका थिए । कैलारी गाउँपालिका–६ का अध्यक्षबाट बालकको अपहरणबारे जानकारी पाएपछि प्रहरीले अपहरणकारीलाई झण्डै ९ घण्टापछि दाङको भालुवाङबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार गोदावरी नगरपालिका, लालपुर बस्ने ३० वर्षीय वृजु चौधरी पक्राउ परेका हुन् । अपहरणकारीको फोनको लोकेशनको आधारणमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । दिउँसो २ बजे अपहरणकारीको फोनको लोकेशन हेर्दा बाँकेको शमशेरगञ्जमा देखिएपछि प्रहरीले पुर्व–पश्चिम राजमार्गमा खोजतलास बढाएको थियो । उनले छोडेर गएकी श्रीमती पाउनका लागि छोराको अपहरण गरेका प्रहरीले जनाएको छ । आफूसँग दुई महिना बसेर पुरानै घरमा फर्किएकी श्रीमतीलाई पाउन युवकले पुरानो घरमा रहेको छोरा अपहरण गरेका थिए । प्रहरी उपरीक्षक बिनोद घिमिरे दिएको जानकारी अनुसार सोमबार बिहान ९ बजे अपरम्पार आधारभूत विद्यालय एक कक्षामा अध्ययनरत बालकलाई स्कुलबाटै अपरहण गरिएको हो । छेमाङकी आमा बिना चौधरी बृजेशकी पूर्वपत्नी हुन् । उनी दुई महिना बृजेशसँग बसेर पुरानै घर फर्किएकी थिइन् । ‘बिनालाई घर फर्काउन कुनै सीप नचलेपछि उनले छोरा अपहरणको प्रपञ्च रहेको जस्तो देखिन्छ’ प्रहरी उपरीक्षक घिमिरेले भने, ‘स्कुल बाहिर बोलाएर पोशाक र झोलासहित अपहरण गरिएको छ ।’ विद्यालयले छेमाङ अपहरणमा परेको हसुलिया इलाका प्रहरी कार्यालयलाई जानकारी दिएपछि घट्ना बाहिर आएको हो । बिना बालकृष्ण चौधरीकी श्रीमती हुन् । छेमाङ उनीहरुबाट जन्मेको दोस्रो सन्तान हुन् । उनीहरुको अर्को छोरा पनि रहेको छ । बालकृष्णलाई छोडेर बिना बृजेशसँग गएकी थिइन् तर उनका पनि घरमा श्रीमती भएकाले दुई महिनापछि फर्किएकी थिइन् । उनले पोइल गएकी श्रीमती फर्काउन अपहरण गरेका प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments