Incident Reports

छोडेर गएकी श्रीमतीलार्इ फर्काउन छोराको अपहरण !

2018-08-20

Sudurpashchim, Kailali, Kailari, Ward 6

कैलालीबाट अपहरणमा परेका ५ वर्षीय बालकको ९ घण्टापछि सकुशल उद्दार गरिएको छ । सोमबार विहान ९ बजे कैलारी गाउँपालिका–६ बेलौनी गाउँ बस्ने पाँच वर्षीय बालक छेमाङ चौधरीको अपहरण भएको थियो । अपहरणकारीले खेमाङकी आमा बिना चौधरीलाई फोन गर्दै भोली विहान काठमाडौँ बसपार्कमा भेट्न आउनु भन्दै मार्ने धम्की दिएका थिए । कैलारी गाउँपालिका–६ का अध्यक्षबाट बालकको अपहरणबारे जानकारी पाएपछि प्रहरीले अपहरणकारीलाई झण्डै ९ घण्टापछि दाङको भालुवाङबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार गोदावरी नगरपालिका, लालपुर बस्ने ३० वर्षीय वृजु चौधरी पक्राउ परेका हुन् । अपहरणकारीको फोनको लोकेशनको आधारणमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । दिउँसो २ बजे अपहरणकारीको फोनको लोकेशन हेर्दा बाँकेको शमशेरगञ्जमा देखिएपछि प्रहरीले पुर्व–पश्चिम राजमार्गमा खोजतलास बढाएको थियो । उनले छोडेर गएकी श्रीमती पाउनका लागि छोराको अपहरण गरेका प्रहरीले जनाएको छ । आफूसँग दुई महिना बसेर पुरानै घरमा फर्किएकी श्रीमतीलाई पाउन युवकले पुरानो घरमा रहेको छोरा अपहरण गरेका थिए । प्रहरी उपरीक्षक बिनोद घिमिरे दिएको जानकारी अनुसार सोमबार बिहान ९ बजे अपरम्पार आधारभूत विद्यालय एक कक्षामा अध्ययनरत बालकलाई स्कुलबाटै अपरहण गरिएको हो । छेमाङकी आमा बिना चौधरी बृजेशकी पूर्वपत्नी हुन् । उनी दुई महिना बृजेशसँग बसेर पुरानै घर फर्किएकी थिइन् । ‘बिनालाई घर फर्काउन कुनै सीप नचलेपछि उनले छोरा अपहरणको प्रपञ्च रहेको जस्तो देखिन्छ’ प्रहरी उपरीक्षक घिमिरेले भने, ‘स्कुल बाहिर बोलाएर पोशाक र झोलासहित अपहरण गरिएको छ ।’ विद्यालयले छेमाङ अपहरणमा परेको हसुलिया इलाका प्रहरी कार्यालयलाई जानकारी दिएपछि घट्ना बाहिर आएको हो । बिना बालकृष्ण चौधरीकी श्रीमती हुन् । छेमाङ उनीहरुबाट जन्मेको दोस्रो सन्तान हुन् । उनीहरुको अर्को छोरा पनि रहेको छ । बालकृष्णलाई छोडेर बिना बृजेशसँग गएकी थिइन् तर उनका पनि घरमा श्रीमती भएकाले दुई महिनापछि फर्किएकी थिइन् । उनले पोइल गएकी श्रीमती फर्काउन अपहरण गरेका प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments

Related Reports