Incident Reports

गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत

2018-08-22

Bagmati, Lalitpur, Godawari

ललितपुरको नख्खुस्थित एक घरमा घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घर लगिदिन्छु भन्दै गोदावरीस्थित जंगलमा पुर्‍याएर उनीमाथि बलात्कार भएको हो । प्रहरी स्रोतका अनुसार बालिकामाथि बलात्कार भएको मेडिकल रिपोर्टले पुष्टि गरेको छ । गोरखा घर भएकी बालिकाले आफ्नो घर जानलाई बाटो देखेकी थिइनन् । ‘बालिकालाई घर पुर्‍याइदिने प्रलोभनमा गोदावरी जंगलमा लगेर बलात्कार गरेको देखिएको छ’, घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘त्यहाँ बलात्कारपछि बालिकालाई छोडेर ती व्यक्ति फरार भएका छन् ।’ स्थानीयले नै बालिकालाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोसम्म ल्याएको प्रहरी स्रोतले बतायो । हाल फरार रहेका युवकको खोजी भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments