Incident Reports

Campus padlocked in Mugu

2018-08-22

Donors of Rara Multiple Campus in Mugu have padlocked the campus on Wednesday accusing the campus administration of unfairly admitting new staffs. More than a dozen donors of the campus padlocked the campus on Wednesday citing that the campus administration prepared a name list of staffs being hired without consulting or informing them. क्याम्पस प्रशासनले कर्मचारी भर्नामा मनपरी गरेको भन्दै रारा बहुमुखी क्याम्पसका चन्दादाताहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनले आफुहरुलाई कुनै जानकारी नै नगराई एकलौटी ढंगले कर्मचारी भर्ना गर्न नामलिष्ट तयार गरेको भन्दै एक दर्जन भन्दा बढी चन्दादाताले बुधबारदेखि क्याम्पसमा तालाबन्दी गरेर धर्नामा बसेका छन् । तालाबन्दी पछि प्रशासनिक कामकाज देखि पढाई समेत अवरुद्ध भएको छ । कुनै जानकारी नगराई एकलौटी ढंगबाट क्याम्पसले कर्मचारी भर्ना गर्न लागेको विरोधमा तालाबन्दी गरिएको एक चन्दादाता कम्मरसिंह खड्काले बताए । ‘क्याम्पसलाई ३० रोपनी जग्गा दिने हामीलाई थाहै नदिई कर्मचारी भर्ना गर्ने ?’ उनले भने । चन्दादाताले राखेको मागप्रति क्याम्पस प्रशासन छलफल गर्न तयार रहेको ताला खोलेर वार्तामा आउनु पर्ने क्याम्पस प्रमुख सुशिलकुमार भामले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments