Incident Reports

ओखलढुंगामा धारिलो हतियार प्रहार गरी युवकको हत्या

2018-08-21

वैदेशिक रोजगारको सिलसिलामा दुबई गएका एक व्यक्तिले आफ्नी श्रीमतीसँग सम्बन्ध भएको आशंकामा युवकको हत्या गरेका छन् । ओखलढुंगाको मोलुङ–३ का सन्तोष कार्कीको चुप्पी प्रहार गरेर ५ भदौमा हत्या भएको हो । कार्कीको हत्यामा संलग्न भएको आरोपमा दाङको लालमटिया, भालुबाङका सञ्जिव थापा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशबहादुर सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधबार बिहान पक्राउ गरेको हो । प्रारम्भिक सोधपुछका क्रममा थापाले आफ्नी श्रीमतीसँग सम्बन्ध भएका कारण कार्कीको हत्या गरेको दाबी गरेका छन् । उनी कार्कीको हत्या हुनु केहीदिन अगाडि मात्रै नेपाल आएका थिए । ‘कार्कीको हत्या गर्ने उद्देश्यले नै थापा यहाँ आएको हुनसक्छ’, अनुसन्धानमा संलग्न एक अधिकारीले अनलाइनखबरसँग भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports