Incident Reports

प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु l

2013-10-29

Sangita Bhat चापाकोट गाविस-५ की ३५ वर्षीया माया बिकले आत्महत्या गरेको विषयलाई लिएर कत्तिक १२ गते सर्वसाधरण र प्रहरीबीच झडप हुँदा दुई सर्वसाधरणको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट गाविस-६ का २१ वर्षीय सूर्य आले र सोही गाविस-४ का १८ वर्षीय कृष्ण भट्टराई रहेका छन् । स्थानीय महिला समूह लगाएतले माया विकको आत्महत्या नभइ हत्या गरिएको भन्दै अनुसन्धान गर्न पटक पटक अनुरोध गर्दा पनि कुनै सुनुवाइ नगरेको भन्दै प्रहरी माथि सर्वसाधरणले चापाकोट प्रहरी चौकी माथि आक्रमण गरेका थिए । सोही आक्रमणमा प्रहरी निरीक्षक कृष्णबहादुर थापा सहित पाँच जना प्रहरी पनी घाइते भएका छन् । भिडलाई नियन्त्रण गर्न प्रहरीले हवाइ फाएर गरेको जिल्ला प्रहरी कार्यलय स्याङजाका प्रहरी निरीक्षक सन्दोष तामाङ्ले बताए । उनले सोही गोली लागि दुई जना स्थानीयको मृत्यु भएको प्रहरी निरीक्षक सन्तोष तामाङ ले जानकारी दिएका छन् । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis