Incident Reports

श्रीमती हत्याको अभियोगमा श्रीमान प्रक्राउ

2018-07-12

Karnali, Jajarkot, Barekot

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जाजरकोटमा श्रीमान पक्राउ परेका छन् । बारेकोट गाँउपालिका–६ नायकवाडाका २८ वर्षीय जनक सिंहलाई श्रीमती हत्याको अभियोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो। गत २७ साउनमा उपचारका लागि बारेकोटको लिम्सा स्थित प्राथमिक स्वास्थ्य केन्द्र गएकी २५ वर्षीय तारासिंह अधिकारी भोलीपल्ट नलसिंहगाड खोलामा मृत अवस्थामा फेला परेकी थिइन । घर र स्वास्थ्य संस्थादेखि करीब ७ किलोमिटर तल ताराको शव बेवारिसे अवस्थामा फेला परेको थियो । मृतकका दाजु छेडागाड -५ का कालीबहादुर अधिकारीले आफ्नी बहिनीको हत्या गरेर खोलामा बगाइ दिएको भन्दै मृतकका श्रीमान जनक सिंहको नाममा किटानी जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको घटनाको अनुसन्धान अधिकृतको रुपमा खटिएका प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताए । सिंहलाई सुरुमा ३ दिनको म्याद दिएको अदालतले थप १० दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको छ । प्रहरीले पक्राउ परेका जनकको पोलिग्राफ टेष्ट गरिरहेको छ । सुर्खेतबाट ल्याइएको यो उपकरणले झुटो बोले तल्ती भनेर देखाउँछ । त्यस्तै उनको कलडिटेल, फोन हेन्डसेट म्यासेज र मृतकको लासको पोष्टमार्टम रिपोट लगायतका आवश्यक कुराहरु प्रहरी प्रधान कार्यालय विधि विज्ञान प्रयोगशाला पठाइएको जिल्ला प्रहरी प्रमुख डिएस्पी रविन्द्र सिहले बताए । प्रहरीले अनुसन्धानका लागि प्रयोग गरिने सबै प्रकारका प्रकृया र विधि प्रयोग गरेको छ । केहीको रिपोट एक–दुई दिनमै आइपुग्छ । अनुसन्धान जारी छ डिएसपी सिहले भने ‘घटनाको यथार्थ विवरण केही दिनमै सार्वजनिक गछौं ।’ अहिले अनुसन्धानकै क्रममा रहेकाले यो हत्या वा आत्महत्या के हो अहिले नै भन्न नसकिने अनुसन्धान पुरा भएपछि यथार्थ सबै खुल्छ पत्ता लाग्ने डिएसपी सिंहले बताए । छेडागाड–५ दशेराकी तारालाई जनकले ५ बर्षअघि विहे गरेका थिए । उनीहरुका २ वर्षकी एक छोरी छिन् । उनीहरु बीच केही समय अघिदेखि सम्बन्ध राम्रो नरहेको माइती पक्षको भनाइ छ। बहिनी केही महिनादेखि निकै तनावमा थिइन।मृतक ताराका दाइ कालीबहादुरले भने ‘मेरी बहिनीको हत्या उसकै श्रीमान जनकले गरेको हो।’ तर प्रहरीसँगको बयानमा जनकले आफूले हत्या नगरेको बताउदै आएका छन् । उनले आफूसँग सल्लाह गरेर नै उपचारका लागि स्वास्थ्य केन्द्र गएको दाबी गरिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments