Incident Reports

किशोरी ‘बलात्कार’ अभियोगमा एकजना पक्राउ, अर्का फरार

2018-08-27

खाँडाचक्र नगरपालिका–१० निवासी २८ वर्षीया धनराज शाही एक १६ वर्षीया किशोरीलाई बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ गरेका छन् । किशोरीमाथि बलात्कार गर्न खोजेको अभियोगमा प्रहरीले शाहीलाई पक्राउ गरी हिरासतमा लिएको भने भने फरार रहेका अर्का अभियुक्तको खोजी तीब्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माका अनुसार बलात्कार अभियोग लागेका धनराजलाई आइतबार पक्राउ गरी हिरासतमा लिइएको हो । घटनामा संलग्न अर्का अभियुक्त शुभकालिका गाउँपालिाका–६ निवासी २४ वर्षीय हेमराज शाही अझै फरार रहेको शर्माले जानकारी दिए । सदरमुकाम मान्मको जिरो प्वाइन्टस्थित कोठामा बसिरहेका बेला ती दुईले ढोका फोडेर सामूहिक बलात्कार गर्न खोजेको भन्दै पीडितले उजुरी दिएपछि दुवै अभियुक्तविरुद्ध जबरजस्ती करणी महलमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । शर्माका अनुसार जिल्ला अदालत कालिकोटले थुनामा रहेका धनराज शाहीलाई थप अनुसन्धानका लागि ५ दिन म्याद थपेको छ । नयाँ मुलुकी ऐन अनुसार जबरजस्ती करणी उद्योगमा दोषी ठहरिए १० वर्षसम्म कैद हुने व्यवस्था छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments