Incident Reports

बलात्कारीलाई आजीवन काराबास गर्न संशोधन प्रस्ताव दर्ता

2018-08-19

Bagmati, Lalitpur, Konjyosom

राष्ट्रियसभाका महिला सांसदले बलात्कारीलाई आजीवन काराबासको सजाय राखी संशोधनको लागि प्रस्ताव दर्ता गरेका छन् । भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐनको संशोधनमा उनीहरुले यस्तो माग गरेका हुन् । भदौ २३ गते सरकारले फौजदारी र देवानी संहितामा संशोधन गर्न राष्ट्रियसभामा संशोधन विधेयक दर्ता गरेको थियो । राष्ट्रियसभामा छलफलका क्रममा रहेको उक्त विधेयक अन्तर्गत बलात्कारीलाई सजाय सम्बन्धी व्यवस्थामा संशोधन माग गर्दै राष्ट्रियसभाका सांसद विमला राई पौड्याल र दिलकुमारी रावलले संशोधन प्रस्ताव पेश दर्ता गरेका हुन् । उनीहरुले १० वर्ष मूनीका बालिका, ७० वर्ष माथिका महिला र ‘क’ वर्गको अपाङ्गता भएका महिलालाई बलात्कार गर्ने व्यक्तिलाई आजीवन काराबासको सजायको माग राखी शुक्रबार संशोधन प्रस्ताव दर्ता गराएका हुन् । फौजदारी संहिताको दफा २२० को हाडनाता करणी सम्बन्धी व्यवस्थामा जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा मात्रै जन्मकैदको व्यवस्था छ । सरकारले संशोधनको लागि प्रस्ताव गरेको बुँदा बाहेक अन्य व्यवस्थामा छलफल गर्न नपाईने हुँदा आफूहरुले अन्य बुँदामा संशोधन दर्ता गरेपनि अहिले छलफलमा नआउने सांसद विमला राई पौड्यालले बताईन् । नेपालको संविधान अनुसार फाँसीको व्यवस्था माग गर्न नसकिने हुँदा बलात्कारीलाई जेलमै मर्ने गरी सजायको व्यवस्था आफूहरुले माग गरेर संशोधन प्रस्ताव दर्ता गरेको सांसद दिलकुमारी रावल ‘पार्वती’ ले बताईन् ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis