Incident Reports

एघार वर्षीया बालिका मृत फेला, एक गिरफ्तार

2018-08-27

Province 1, Bhojpur, Salpasilichho

एघार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा साल्पासिलिछो गाउँपालिका-५ सालेवाका २० वर्षीय सञ्जय राईलाई प्रहरीले भदौ १२ गते गिरफ्तार गरेको छ । भदौ ११ गते खाना खाएर नाताले मामा पर्ने आरोपितसँग मोबाइलमा फिल्म हेर्छु भन्दै सुतेकी बालिका १२ गते बिहान मृत अवस्थामा फेला परेकी हुन् । मृत्युको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको जस्तो देखिएकाले बालिकासँगै सुतेका आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सञ्जीव ओलीले बताए । शवको पोष्टमार्टम १२ गते साँझ जिल्ला अस्पताल खाँदवारीमा गरिएपनि रिपोर्ट नआएकाले बलात्कारपछि हत्या हो वा सामान्य मृत्यु भन्ने बारेमा केही भन्न नसकिने इन्स्पेक्टर ओलीले बताए । घटनास्थलबाट जिल्ला अस्पताल भोजपुर पुग्न दुई दिन पैदल हिँडुनु पर्ने बाध्यताका कारण एक दिनको यात्रामा जिल्ला अस्पताल खाँदवारी पुग्न सकिने भएकाले शव खाँदवारी पठाइएको इन्स्पेक्टर ओलीको भनाई छ । बालिकाकी आमा धनमणी राई र सौतेनी बाबु (डोलाजी) राजन राईसँग बस्दै आएकी छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Jhapa

0 Comments