Incident Reports

विभेदविरुद्ध सशक्त कलम चलाउने पत्रकार प्रेम सुनार आफै विभेदको शिकार !

2018-08-28

विभेदविरुद्ध सशक्त कलम चलाउने पत्रकार प्रेम सुनार आफै विभेदमा पर्नुभएको छ । रक्षाबन्धनको दिन समाचारका लागि गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको निवासमा पुग्नुभएका सुनारलाई तम्घास भुजेलखर्कका पण्डित पर्शुराम पन्थीले जनैपूर्णिमाको दिन अलग्गै डोरो दिएर विभेद गरेका थिए । उहाँले विभेद गरे पनि अपमान हुने ठानेर सिडियोकै सामु सुनारले आफैले डोरो बाँध्नुभएको थियो । सिडियो बैठक कक्षमा आउनासाथ सिडियोकै सामु समाजको विभेद स्पष्ट पार्ने उद्देश्यले कुनै प्रतिकृया नदिई सुनारले डोरो बाँध्नुभएको थियो । डोरो अलग्गै दिने पन्थी नेपाल सरकारका अवकास प्राप्त कर्मचारी समेत हुन् । पन्थी जस्ता थुप्रै कट्टरपन्थी समाज रुपान्तरण गर्छौ र हामी निकै लोकतन्त्रवादी हौं भन्दै चुनावताका दलितका घर भित्रै पसेर भोट माग्ने गर्छन् । केहि दिन अघि कांग्रेसले चलाएको ५० दिने महाअभियानका क्रममा जातिय छुवाछुत विभेदको दाहसंस्कार गर्छौ भन्दै कांग्रेस नेता गगन थापा सहित गुल्मीका थुप्रै नेता कार्यकर्ताहरु दलितहरुको घर–घरमा पसेर खाना खाने अभियान छेडेको सुनारले बताउनुभयो । ‘यहाँका पुर्व एमाले पुर्व माओवादी देखि कुनै राजनैतिक दल विभेद अन्त्यका लागि एउटा झिङ्गा मार्न नसकेको मञ्चबाट भाषण छाड्दा सवै खाले विभेदको अन्त्य तर व्यवहारमा भने कार्यकर्ताहरुकै पारा यस्तो छ । पत्रकारिता पेशा गरेपछि कहिलेकाँही घर भित्रको दृश्य खिच्न पनि जानुपर्ने हुन्छ सुनार भन्नुहुन्छ ,समाजका यस्ता मान्छेहरुका सामु हामीलाई ठुलो चुनौती हो । कुनै नेता दलितको घर भित्र पसेर खाना खाएर के भो ? सरकारी निवास , सार्वजनिक ठाउँमै यस्तो विभेद छ सुनारले दुखेसो पोख्नुहुन्छ । यस सम्वन्धमा त्यहाँका केहि दलित नेताहरु संग बुझ्दा त्यस जिल्लामा छुवाछुत व्याप्त रहेको पाइयो । त्यहाँका दलित अगुवा साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माले समाजमा अझै पनि छुवाछुत, विभेद व्याप्त रहेको तर न कुनै राजनैतिक दल न त प्रशासनिक निकाय कसैले पनि यसको अन्त्यका लागि पहल गर्न नरुचाएको बताउनुभयो । सुनारलाई सिडियो निवासबाट निस्के लगतै अर्का व्राम्हणले भने बोलाएर स–सम्मान र आत्मियता साट्दै डोरो बाँधीदिनुभएको थियो । पत्रकार महासंघ नवराज भुसालले विभेदको अन्त्य गर्नु पर्ने धारणा राख्दै तम्घासको लाकुरी मञ्चस्थित खुल्ला सडकमा सुनारलाई डोरो बाँधेका हुन् ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis