Incident Reports

देवर र ससुराद्वारा कुटपिटका कारण गम्भीर घाइते महिलाको भारतमा उपचार हुँदै

2018-08-29

Lumbini, Kapilbastu, Mayadevi, Ward 4

मायादेवि गाउँपालिका–४ तुल्सीदिहवाकी ३३ वर्षीया मन्दि यादवलाई पति विदेश भएको अवस्थामा ३० वर्षीय देवर जयराम यादव र ५० वर्षीय ससुरा रामशरण यादवले घरायसी विवादका कारण भदौ १३ गते कुटपिट गरी गम्भीर घाइते बनाएको पीडितको आरोप छ । कुटपिटका कारण पीडित महिलाको पेट र ढाडमा गम्भीर चोट लागेकोले उपचारको लागि भारततर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले जानकारी दिए । आरोपितद्वयलाई भदौ १३ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । घरमा पति नभएको अवस्थामा उनलाई मानसिक तथा शारीरिक रूपमा यातना दिने तथा घरेलु हिंसा हुँदै आएको स्थानीयको भनाई छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments