Incident Reports

बालाजुमा प्रहरी वृत्तबाट निस्किना साथ ‘अपहरण’ !

2018-09-02

Bagmati, Kathmandu, Kathmandu

महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रहरी नायब उपरीक्षक (डिएसपी) दानबहादुर मल्ललाई आइतबार साँझ एउटा सूचना आयो, ‘नवलपरासीका भगतबहादुर थापा बालाजुबाट अपहरणमा परे ।’ लगत्तै, दरबारमार्ग प्रहरीको टोली अनुसन्धानमा खटियो । थापाको कल डिटेल हेर्नेदेखि अन्य विधि प्रयोग गरेर अनुसन्धान अघि बढाउने क्रममा एउटा सूराक हात पर्‍यो, जसको माध्यमबाट प्रहरी थापालाई ‘अपहरण’ गरिएको ठाउँसम्म पुग्यो । बालाजुको माछा पोखरीस्थित एक होटलमा उनलाई बन्धक बनाएर राखिएको रहेछ । दरबारमार्गसँगै बालाजु वृत्तको टोली पनि पुग्यो । प्रहरीले उनको उद्दार गरेको छ भने ‘अपहरण’मा संलग्नलाई पक्राउ गरिएको डिएसपी मल्लले बताए । देव समूहको संलग्नता अनुसन्धानका संलग्न प्रहरीका अधिकारीका अनुसार थापामार्फत एक व्यक्तिलाई रोजगारीका लागि टर्की जाने भन्दै पैसा बुझाइएको थियो । तर, त्यसरी टर्की पठाइएका व्यक्ति त्यहाँ अलपत्र परे । फर्किएपछि उनीहरुले प्रहरीमा उजुरी गरे । बालाजु वृत्तमा दुवै पक्षबीच छलफल गरायो । तर, त्यहाँबाट निस्किने वित्तिकै थापालाई नियन्त्रणमा लिएर बन्धक बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । यसमा माछा पोखरी क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा देव श्रेष्ठ र उनको समूह संग्लन भएको पाइएको छ । यसबारे प्रहरीले अनुसन्धान थालेको छ । श्रेष्ठ यसअघि पनि गुन्डागर्दीको आरोपमा पक्राउ परेका व्यक्ति भएको प्रहरी बताउँछ । महानगरीय प्रहरी वृत्त, बालाजुका डिएसपी चिरञ्जीवि कोइराला भने घटनाबारे अनुसन्धान भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Youth noyouth
Total Abducted 1
National/Online Media

0 Comments

Related Reports