Incident Reports

द्वन्द्वमा बेपत्ता पारिएका १२ जना घर फर्किए

2018-09-03

Nepal

विष्णु पाठकले द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको विस्तृत अध्ययनका लागि फारम भर्ने क्रममा १२ जना व्यक्ति घर फर्केको भेटिएको जानकारी दिए । उनले बेपत्ता व्यक्तिका पीडितले परिवारले राहतस्वरुप रु १० लाख लिइसकेको हुँदा त्यो पैसा फिर्ता गर्नुपर्छ कि भनेर फोन सम्पर्कसमेत गरिरहेका छन् । आयोगमा परेका तीन हजार १९७ उजुरी परेकामध्ये आयोगले विस्तृत अध्ययन गर्न तयार गरेको दुई हजार ५०० उजुरीमा ४३ जिल्लामा विस्तृत अध्ययन फारम भर्ने काम सम्पन्न भएको छ । उजुरीउपर छानबिनका लागि पीडित परिवारसँग भेट्ने क्रममा आयोगले ती व्यक्तिहरु घर फर्केको पाएको हो । रासस राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
National/Online Media

0 Comments

Related Reports