Incident Reports

नेकपा-माओवादीद्धारा पश्चिम क्षेत्र बन्द l

2013-11-01

बुटवल, कार्तिक १५ - आफ्ना कार्यकर्ता प्रकाउको विरोधमा नेकपा-माओवादीले शुक्रबार आह्वान गरेको पश्चिम क्षेत्र बन्दले जनजीवन प्रभावित भएको छ । उनीहरुले आफ्ना कार्यकर्ताको बिना शर्त तत्काल रिहाईको माग गरेका छन् । संविधान सभाको निर्वाचन बिथोल्न गतीविधीमा संलग्न भएको आरोपमा प्रहरीले रुपन्देहीका १२ सहित पश्चिम क्षेत्रका झण्डै ३ दर्जन माओवादी कार्यकर्ता पक्राउ गरेको छ । बन्दका कारण लुम्बिनी, गण्डकी, राप्ती, भेरी, कर्णाली, महाकाली अञ्चलका जिल्लाहरु प्रभावित भएको छ । रुपन्देहीबाट छुट्ने तथा रुपन्देही भएर चल्ने पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा यातायातका साधन चलेका छैनन् । पाल्पा- बन्दले पाल्पा लगायत यस भेगको जनजीवन प्रभावित बनेको छ । शुक्रबार बिहानैदेखि जिल्लाभर यातायातका साधन चलेका छैनन् । अन्य बन्दका बेला छिटफुट निजी सवारी संचालन भएपनि शुक्रबार ठप्पै बनेको छ । कलकारखाना, उद्योग, पसल सबै बन्द छन् । शिक्षणसंस्थासमेत खुलेका छैनन् ।

0 Comments

Related Reports
Related Trend Analysis