Incident Reports

तरुण दलका जिल्ला सदस्य खूड़ा र पेस्तोलसहित पक्राउ

2018-07-20

नेपाल तरुण दल नवलपरासीका सदस्य किशोर आचार्य पेस्तोल र खूडासहित पक्राउ परेका छन्। बर्दघाट नगरपालिका वडा नं १० ध्रुवटोल घर भएका आचार्यलाई आइतबार साँझ साढे सात बजेको समयमा दाउन्नेबाट बर्दघाट आउंदै गर्दा टिसियन चोकबाट बर्दघाट प्रहरीले पक्राउ गरेको हो। प्रहरीलाई शंका लागेर खोजतलाश गर्दा निजको साथमा फलामको ठुलो खूड़ा र पेस्तोल फेला परेपछि बर्दघाट प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिममका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए। आचार्यमाथि हातहतियार खरखजाना अन्तर्गत मुद्दा चलाउने तयारी भैरहेको भट्टले जानकारी दिए।
Local Newspaper - Rupandehi

0 Comments

Related Reports
Related Trend Analysis