Incident Reports

बिहे गर्ने बहानामा अस्पताल पुर्याएर गर्भपतन

2018-07-22

एक युवकले आफ्नी प्रेमिकालाई विवाह गर्ने बाहानामा गाउँ बाहिर लगेर अवैध गर्भपतन गराएको खुलेको छ। सप्तरीको कन्चंरूप नगरपालिकाकी पिडित किशोरी १७ बर्षकी छिन। गर्भपतनपछि रक्तश्राव नारोकिएपछि उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको छ। स्थानीय २० बर्षीय संजय सर्दार र किशोरी प्रेम सम्बन्धमा थिए। उनीहरुबीच पटकपटक शारीरिक सम्बन्ध भयो। त्यसक्रममा गर्भ रह्यो। किशोरी पाँच महिनाको गर्भवती भएपछि काठमाण्डौ काठमाण्डौ गैर विवाह गर्ने नाममा सप्तरीकै कल्याणपुर स्थित एक निजि अस्पतालमा लगेर गर्भपतन गराएको खुलेको छ। 'विवाहको आश्वाशन देखाएर पटकपटक यौन सम्पर्क गरेपछि गर्भवती भए', पिडित किशोरीले भनिन। गर्भपतन गर्न नमान्दा संजयले बलजफती गरेको र अस्पतालका स्वास्थ्यकर्मीहरुले पनि सघाएको पिडित् किशोरीले बताएकी छन्। गर्भपतन गरेपछि संजयले किशोरीलाई राजविराज स्थित कोठामा ल्याएर राखे। यता छोरी हराएको थाहा पाएपछि परिवारले खोजी थाल्यो र त्यही टोलको कोठामा उनि भेटिईन। हल्ला गाउँभरी फैलियो। संजय र उसको परिवारद्वारा किशोरीलाई स्वीकार्ने सहमति भयो। तर संजयकी आमाले नमानेको स्थानीयहरुले बताएका छन्। उनले श्रीमान विदेशबाट आएपछि फैसला लिने बताएकी छिन। पिडितका परिवार भने किशोरीमाथि अन्याय भएको भन्दै उजुरी हाल्न जिल्ला प्रहरी कार्यालय पुगेपछि डीएसपी भावेश रिमालले किशोरीलाई न्याय दिलाउने प्रतिबद्दता व्यक्त गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Makwanpur

0 Comments