Incident Reports

तरुणदलका कार्यकर्ताद्वारा एमाओवादी कार्यकर्ता कुटिए l

2013-11-04

Narendra Singh Karki दार्चुलाको तपोवनमा कात्तिक १८ गते राती काङ्ग्रेस कार्यकर्ताद्वारा एमाओवादी कार्यकर्ता कुटिएका छन् । प्रचार/प्रसारमा गएका नेपाल तरुण दलका जिल्ला अध्यक्ष उमेशसिह खत्री नेतृत्वको टोलीले एमाओवादीका दीपेन्द्रसिह विष्टलाई समान्य कुटपिट गरिएको प्रत्यक्षदर्शीहरूले बताए । आ-आफ्नो प्रचारमा रहेका बेला दुई पक्षबीच झडप भएको लटिनाथ प्रहरीले जनायो । एमाओवादीका विष्टले एमाओवादीको गढ क्षेत्रमा प्रचार गर्न काङ्ग्रेस प्रवेश गर्न नहुने बताएपछि विष्टमाथि कुटपिट भएको खत्रीले बताए । विष्टले भने आफूहरूलाई प्रचारमा गएको भन्दै खत्रीले कुटपिट गरेको बताए । उनले नेपाल तरुण दलका जिल्ला अध्यक्ष उमेशसिंह खत्री लगायतका नाममा कात्त्तिक १९ गते इलाका प्रहरी कार्यालय, लटिनाथमा उजुरी दिएका छन् । तपोवन पूलमा दुई पक्षबीच झडप भएको र खत्रीलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न भने पनि सम्पर्कमा नआएको प्रहरीले जनायो । नरेन्द्रसिह कार्की

0 Comments

Related Reports