Incident Reports

छोरीको हत्यामा बाबुआमा सहित ४ जना पक्राउ

2018-07-26

Madhes, Bara, Kalaiya, Ward 5

छोरीको हत्या अभियोगमा बारामा प्रहरीले बाबु आमासहित एकै घरका चार जना सदस्यलाई पक्राउ गरेको छ। कलैया उपमहानगरपालिका ५ घुसुकपुर टोल बस्ने १७ बर्षीया प्रियंकाकुमारी मिश्रको हत्यामा संलग्नको आरोपमा उनको बाबुआमा सहित ४ जनालाई पक्राउ गरिएको हो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रियंकाका बाबु ब्रजकिशोर मिश्र, आमा पुष्पादेवी मिश्र, काका हरिकिशोर मिश्र, काका हरीकिशोर मिश्र र रामनाथ मिश्रलाई पक्राउ गरेको हो। प्रियंकाको मृत्यु शंकास्पद देखिएपाची प्रहरीले गम्भीर ढंगले अनुसन्धान गरिरहेको थियो। भूमिका शंकास्पद देकिएकोले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रंजीतसिंह राठौरले भने। 'घटनामा परिवारको भूमिका शंकास्पद देखिएको छ' उनले भने। 'त्यही भएर उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छौं।' असार १२ गते बेलुका उपचारको लागि बिरगंज लैजादै गर्दा बाटोमा मृत्यु भएको बताइएपनि प्रियंकाको हत्या भएको दाबी स्थानीयले गरेका थिए। प्रारम्भिक अनुसन्धानपछि साउन २१ गते उनीहरुलाई पक्राउ गरेको थियो। उनीहरु बिरुद्द कर्तब्य ज्यान मुद्दा दर्ता गरिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Makwanpur

0 Comments