Incident Reports

सकेट बम निष्कृय

2013-11-05

Madhes, Rautahat, Baudhimai

Sukdev Chaudhary सदरमुकाम इनरुवा नपा-७ स्थित निर्माण व्यवसायी संघ भवनको मूल गेटमा राखिएको सकेट बम नेपाली सेनाको डिस्पोजल टोलीले कात्तिक १९ गते दिउँसो निष्कृय पारेको छ । स्थानीय महेश दाहालले संकास्पद बस्तु फेला परेकाले बम हुन सक्ने आशंकामा प्रहरीलाई जानकारी गराएपछि प्रहरीको टोली त्यस ठाउँलाई घेराहाली सुरक्षित गरेको थियो । प्रहरीले निष्कृयको लागि नेपाली सेनाको डिस्पोजल टोली बोलाई घटना स्थलबाट बमलाई उठाएर दुई सय मिटर पर पश्चिम तर्फको धान खेतमा लगि डिस्पोज गरेको हो । जिल्ला भुमि सुधार कार्यालय, जिल्ला प्रशासान कार्यालय र बिहीबारे हाटको बाटोमा प्रहरीले निषेधीत क्षेत्र घोषणा गरी सो बम डिस्पोज गरेको सुनसरीका एसपी गणेशबहादुर थापाले जानकारी दिए । थापाका अनुसार स्थानीयहरूलाई त्रसाउनका लागि सकेट बम राखेको जानकारी दिए । डिस्पोजको सयममा इनरुवाको निर्माण व्यवसायी संघको आसपास क्षेत्रमा दुई घण्टासम्म सुरक्षा व्यस्था कडा गारिएको थियो । बम कस्ले र किन राखेको भन्ने विषयमा केही खुलेको छैन् भने घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको र बम राख्नेहरूको खोजी समेत तिव्र पारिएको प्रहरीले जानकारी दिए । चार्डपर्व तथा संविधानसभाको निर्वाचन नजिकीएसँगै बम राखेपछि स्थानीय त्रसित बनेको थियो । बसको घटनासँगै इनरुवामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जानकारी दिए । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis