Incident Reports

ज्वाइद्वारा सासूको हत्या l

2013-11-04

Province 1, Morang, Ratuwamai

Sukdev Chaudhary इटहरी नपा-८ मा होटल सञ्चालन गर्दै आएकी ४५ वर्षीया पुनम सहनीलाई कात्तिक १८ गते राती ज्वाईले घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका छन् । सोनापुर गाविस-३ का ४२ वर्षीय अनिल चौधरीले घरायसी विवादलाई लिएर सासू सहनीले सञ्चालन गर्दै आएको होटलमा पुगी हत्या गरेका हुन् । कान्छी पत्नी सुनिता सहनी तथा १ वर्षीया छोरीलाई लिन ससुराली पुगेको चौधरी सासूसँग पत्नी र छोरी घर लानका लागि भएको विवादमा भान्सामा राखिएको खुकुरी सासूले ज्वाइलाई प्रहार गरेपछि सोही क्रममा ज्वाईले खुकुरी खोसेर सासुको घाँटीमा दुई पल्ट प्रहार गरेका थिए । उनको धरान स्थित बिपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी विद्यानन्द माझिले बताए । मृतकको सोही प्रतिष्ठानमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको डिएसपी माझिले जानकारी दिए । घटनामा संलग्न चौधरीलाई तत्काल गिरफ्तार गरी इप्रका इटहरीका हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाए । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis