Incident Reports

काङ्ग्रेस र एमाले कार्यकर्ता बीच झडप, चार जना घाइते l

2013-11-03

Province 1, Solukhumbu, Solududhakunda

Ghanashyam Khadka सदरमुकाम बेनीदेखी तीन किलोमिटर उत्तर गलेश्वर बजारमा कात्तिक १७ गते राती १० बजे नेपाली काङ्ग्रेस र एमाले कार्यकर्ता बीच झडप हुँदा दुवै तर्फका गरी चार जना घाइते भएका छन् । झडपमा काँग्रेसका कार्यकर्ताको आक्रमणबाट युवा संघका जिल्ला अध्यक्ष दीनेश केसी सख्त घाइते भएका छन् । टाउकोमा चोट लागेको केसीको पोखरामा उपचारसंभव नभएपछि न्यूरो अस्पताल काठमाडौँ पुर्‍याईएको एमाले म्याग्दीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झडमपा एमालेका केसी, एकेन्द्र तिजिजा र काङ्ग्रेस कार्यकर्ता विशाल बरुवाल र प्रेम रोका घाइते छन् । बरुवालकको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य दुईको जिल्ला अस्पतालमा उपचारपछि घर फर्केका छन् । 'यो घट्नाबाट म ज्यादै दुखी छु । हाम्रो चुनावी सभा कार्यक्रम अन्त्य गर्न लागेका थियौं, मदिरा सेवन गरेका केही उत्श्रृखल युवाहरूले हो-हल्ला गरे । लगत्तै दोहोरो ढुङ्गा हानाहान भयो । दुवै तर्फा केही साथीहरू घाइते भएको खवर मैले पनि पाएको छु' नेपाली काङ्ग्रेसका प्रत्यक्ष तर्फा उम्मेदवार खमबहादुर गर्वजा (खमवीर)ले भने, यो खासमा राजनीतिक इश्यू भन्दा पनि मदिरा सेवन गरेका जमातको विवाद हो ।' स्थानीयवासीका अनुसार राती १० बजे नेपाली काङ्ग्रेसले गलेश्वरमा आयोजना गरेको चुनावी सभामा स्थानीय युवाको द्यौसी भैली समूह र काङ्ग्रेस कार्यकर्ता बीच आ-आफ्नो कार्यक्रममा अवरोध गरेको आरोप-प्रत्यारोप बल्झेर राजनीतिक स्वरुप धारण गरेको हो । स्थानीय काङ्ग्रेस कार्यकर्ताले एमाले समर्थित स्थानीय युवा गोपाल पुनलाई कुटपिट आरोपमा सहयोग गर्न सदरमुकाम बेनीबाट पुगेको एमाले कार्यकर्ता र काङ्ग्रेस कार्यकर्ता बीच झडप भएको प्रहरीले जनाएको छ । नेकपा एमालले भने सुरक्षा संवेदनशिल क्षेत्रमा आचारसंहिता विपरित राती चुनावी सभा गरी स्थानियलाई अपशब्द प्रयोगरी तर्साएको र द्यौसीभैली खेलिरहेका स्थानीय युवायुवतीलाई अभद्र ब्यवहार गर्ने र हातपात गरी वातावरण भड्काएको आरोप लगाउँदै घटनाको पूर्णजिम्मेवारी नेपाली काङ्ग्रेसले लिनु पर्ने बताएको छ । 'घटना दुखद छ । यो घट्नाको पूर्ण जिम्मेवारी काङ्ग्रेसले लिनु पर्छ । र प्रहरी-प्रशासनले पनि सुरक्षा संवेदनशिल क्षेत्रमा आफ्नो सुरक्षा पहुँच पुर्‍याउने नसक्ने भए राती चुनावी सभा गर्न दिएर पक्षधरता लिएको छ' घटनाको किटानी जाहेरी लिएर प्रहरी कार्यालय पुगेका एमाले अध्यक्ष हरीकृष्ण श्रेष्ठले बताए । घनश्याम खड्का

0 Comments

Related Reports