Incident Reports

कुटपिट गरेर चार वर्षीय बालकको हत्या

2018-09-09

Karnali, Mugu, Chhayanath Rara

छायाँनाथ रारा नगरपालिका–१३ का चार वर्षीय एक बालकको कुटपिटपछि ज्यान गएको छ । उनको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–१३ निवासी सर्जन रावलका ४ वर्षीय छोरा विवेक रावललाई उनकै छिमेकी पदमबहादुर सेजुवालले कुटपिट गरेपछि ज्यान गएको हो । बालकलाई नेपालगञ्ज लैजान ताल्चा विमानस्थलमा पुर्‍याएपछि मृत्यु भएको छ । शनिबार दिउँसो १२ बजे आरोपित सेजुवालको नातिनी र मृतक विवेक घर अगाडि खेल्दै गर्दा सेजुवालले आफ्नी नातिनीलाई उचालेर विवेकको पेटमा हानेका थिए । त्यसपछि उनले विवेकमाथि कुटपिट पनि गरेका थिए । आइतबार उपचार गर्न नेपालगञ्ज लैजाँदै गर्दा बिहान ८ः४५ बजे ताल्चा विमानस्थलमा छोराको ज्यान गए भन्दै बाबु सर्जनले कर्तब्य ज्यानसम्बन्धी किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएका छन् । किटानी जाहेरीपछि सेजुवाललाई आइतबारै प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ । बालकको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports