Incident Reports

नेकपा-माओवादीका जिल्ला इञ्चार्ज गिरफ्तार l

2013-11-03

Arjun Basnet नेकपा-माओवादीका झापा जिल्ला इञ्चार्ज डिल्लीराम घिमिरे (हिक्मत)लाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले कात्तिक १७ गते राति ११ बजे मेचीनगर नपा-१० स्थित एक घरबाट गिरफ्तार गरेको छ । उनलाई माओवादी कार्यकर्ता पवित्रा तिवारीको घरमा बसिरहेको समयमा राति ११ बजे गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका इन्स्पेक्टर रमेश बस्नेतले जनाएका छन् । उनलाई जिल्लामा भईरहेका निर्वाचन विरोधी विभिन्न गतिविधिमा संलग्न भएको आरोपमा गिरफ्तार गरी हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखि अनुसन्धान भईरहेको झापाका एसपी शेरबहादुर बस्नेतले वताएकाछन् । उता नेकपा-माओवादीका जिल्ला सेक्रेटरी सञ्चार नेम्वाङ्गले आफ्ना नेतालाई प्रहरीले बिना कारण गिरफ्तार गरी ज्यादती गरेको र तुरुन्त रिहा नगरे कडा आन्दोलनमा उत्रने जनाएका छन् । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis