Incident Reports

कांग्रेस-एमाले कार्यकर्ताबीच झडप l

2013-11-06

Karnali, Jajarkot, Tribeni Nalagad

जाजरकोटको खगेनकोट गाविस ७ गुम्राखमा चुनाव प्रचारका क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ। झडपमा एमाले कार्यकर्ता धनबहादुर चादाराको खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता कालीबहादुर खत्री गम्भीर घाइते भएका छन्। झडप पछि तरुणदलका कार्यकर्ताले खुकुरी प्रहार गर्ने पक्षका भीमबहादुर चादारा, दुर्गे चादारा, टाउटो चादारा र हेमबहादुर चादारालाई नियन्त्रणमा लिएर बन्दक बनाएको स्थानीय हेमन्त केसीले बताए। खुकुरी प्रहार गर्ने धनबहादुर फरार छन् । दुई पक्षबीच थप भडप हुन थालेपछि प्रहरी त्यस तर्फ खटिएको प्रहरी प्रमुख चक्रबहादुर सिंहले बताए।

0 Comments

Related Reports