Incident Reports

एक हप्तादेखि विद्यालयमा तालाबन्दी पठनपाठन प्रभावित

2018-09-04

Lumbini, Rukum East, Tribeni

प्रक्रिया नपुर्‍याइकन शिक्षक तथा कर्मचारी नियुक्ति गरेको भन्दै त्रिवेणी गाउँपालिका–६ बाँठाकोटस्थित भीमकल्याण आधारभूत विद्यालयमा एक हप्तादेखि तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । त्रिवेणी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट अनुदानबापत प्राप्त कोटामा मनोमानी ढङ्गबाट शिक्षक तथा कर्मचारी भर्ना गरेको भन्दै अभिभावकले भदौ १९ गतेदेखि तालाबन्दी गरेका हुन् । एक हप्तादेखि तालाबन्दी हुँदा उक्त विद्यालयमा अध्यनरत करिब ७ सय विद्यार्थीको पठनपाठन् प्रभावित भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको निर्देशिका विपरीत विज्ञापन नै नगरी विद्यालयका शिक्षक तथा कर्मचारी भर्ना गरेपछि आफूहरूले आन्दोलन स्वरूप विद्यालय बन्द गर्नुपरेको सङ्घर्ष समितिका संयोजक कुवेर ओलीले प्रतिक्रिया दिए । आफ्ना माग सम्बोधन नगरेसम्म विद्यालयको ताला नखोलिने उनको भनाइ छ । विद्यालयले विज्ञापन नै नगरी कम्प्यूटर शिक्षकमा राजकुमार ओली, लेखा तथा कार्यालय सहायकमा विवेक केसीलाई नियुक्त गर्ने निर्णय गरेको संयोजक ओलीको आरोप छ । प्रक्रिया नपुर्‍याइकन शिक्षक तथा कर्मचारी नियुक्ति गर्ने निर्णय गरेपछि अभिभावकले भदौ ११ गते विद्यालयलाई सचेत गराएका थिए । विद्यालय, वडा कार्यालय र गाउँपालिकामा समेत विधि मिचेर भएको निर्णय सच्याउने गरी अनुगमन र नियमन् गर्न अनुरोध गरिएको सङ्घर्ष समितिले जनाएको छ । विद्यालयले भने यसअघि अन्य विषय पढाउँदै आएका व्यक्तिलाई नै नियुक्ति गरिएकाले विधिसम्मत भएको दावी गर्दै आएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments