Incident Reports

विद्यार्थीलाई शारीरिक दण्ड दिएको आरोपमा शिक्षक निलम्बन

2018-09-04

Gandaki, Nawalparasi West, Sunwal, Ward 5

सुनवल नगरपालिकास्थित महाकवि देवकोटा मावि कक्षा १० मा अध्यनरत १६ वर्षीय प्रदिप कहारलाई शारीरिक दण्ड दिएको आरोपमा भदौ २५ गते विद्यालय व्यवस्थापन समितिले ४८ वर्षीय शिक्षक कौशलराज तिवारी र प्रधानाध्यापक ४२ वर्षीय बाबुराम पाण्डेलाई १० दिनका लागि निलम्बन गरेको छ । पीडित कहारले भदौ १९ गते राम्रो पढाइ नभएको भनेपछि कक्षा कोठामा शिक्षक तिवारीले कुटपिट गरेको र प्रअ पाण्डेलेसमेत कुटपिट गरेको पीडितका साथी धिरज पाण्डेले बताए । पीडित पक्षले घटनाका बारेमा सुनवल नगरपालिकामा भदौ २३ गते उजुरी दिएको थियो । नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले कारवाहीका लागि विद्यालय व्यवस्थापन समितिलाई जिम्मा दिइएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले अनुसन्धानलाई सहज बनाउन १० दिनका लागि निलम्बन गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments